जब कुनै मानिसले चर्च वा मिशनको काम गर्न चाहन्छ, उसले सधैं सम्झनैपर्ने केही महत्वपूर्ण आधारभूत सिद्धान्तहरू छन्। यी कुनै पनि मसीही चर्चको मिशनका लागि अत्यन्तै आवश्यक आधारहरू हुन्।
१.१. सुसमाचार–केन्द्रित:
के चर्चसँग एउटा सन्देश छ? सुसमाचारभन्दा महत्वपूर्ण अरू कुनै सन्देश हुन सक्छ? जुन चर्चले यो बिर्सन्छ र केवल नैतिकता, राजनीति वा सामाजिक कार्य मात्र प्रचार गर्छ–त्यो चर्च बिस्तारै आफ्नो खरो मिशनबाट हट्दै जान्छ। अवश्य, कहिलेकाहीँ चर्चले जातीय भेदभाव वा अन्यायजस्ता विषयमा बोल्नै पर्छ, तर यस्तो बोलाइले कहिल्यै पनि महा–आज्ञा (Great Commission) पूरा गर्ने मुख्य मिशनलाई बदल्न सक्दैन। येशू ख्रीष्टको उद्धारको सुसमाचार पछिल्ला २००० वर्षदेखि हाम्रो मुख्य सन्देशको रूपमा रहँदै आएको छ।
१.२. आत्मा–केन्द्रित:
चर्चले पवित्र आत्मासँग सहकार्यमा काम गर्नुपर्छ। यसको अर्थ हाम्रो शक्ति हाम्रो बुद्धि, सीप वा ज्ञानबाट होइन, तर परमेश्वरबाट प्राप्त गरिएको शक्ति हो। हामी आफ्नै बलमा होइन, “प्रभुमा बलियो हुँदा” बलिया हुन्छौं। त्यसकारण, प्रचारक वा मिशनका अगुवाहरू प्रार्थनामा बलियो हुनु अत्यन्तै आवश्यक छ। किनकि प्रार्थनाद्वारा नै उनीहरूले पवित्र आत्माको अभिषेक (unction) प्राप्त गर्दछन्।
१.३. आज्ञापालन:
यदि प्रचारक वा अगुवाले पवित्र आत्माको इच्छा वा निर्देशनलाई पत्याउँदैन र आफैँले चाहेझैँ गर्छ भने, त्यो मूर्खताको काम हो। सुसमाचार छ, प्रार्थनामा बलियो छ, तर यदि आज्ञापालन छैन भने, त्यो व्यक्ति आत्माले भरिएको हुन सक्दैन।
वाचन: प्रेरितहरूको काम १३:१–३, ६–११, ४४–५२
२.१. आराधना र उपवास (१३:२):
यो समयमा बरनाबास अझै नेतृत्वमा थिए। समूह आराधना र उपवासमा थियो–आत्मासँग सङ्गत गर्दै। त्यसै बेला पवित्र आत्माले भन्नुभयो, “बरनाबास र साऊललाई मैले बोलाएको कामका लागि छुट्याएर राख।” प्रेरितहरूको काम १३:१ अनुसार, एन्टियोखको चर्चमा अगमवक्ता र शिक्षकहरू थिए, र आत्माले एक अगमवक्तामार्फत बोल्नुभयो। त्यसपछि उनीहरूले अझै प्रार्थना र उपवास गरे, हात राखेर बरनाबास र साऊललाई पठाए। यहाँ हामी अनुग्रहको युगमा कार्यहरू आज्ञापूर्वक चलिरहेको देख्छौं। तिनीहरूलाई विस्तृत योजना दिइएको थिएन, तर आत्माको निर्देशनअनुसार एक–एक गरेर अघि बढ्नुपर्ने थियो। त्यसैले उनीहरू आत्माको आवाजप्रति अत्यन्तै संवेदनशील हुनुपर्थ्यो।
२.२. पाफुसमा (१३:६):
उनीहरूले बार–येशू भन्ने एक झूटा अगमवक्तालाई भेटे। उसलाई एलिमा जादूगर पनि भनिन्थ्यो, जसको अर्थ–उ उसले जादूटुना गरेर रोमी राज्यपाललाई सुसमाचारबाट टाढा राख्ने काम गरिरहेको थियो। यस अवस्थामा साऊलले उसलाई डाँट्दै यसरी भन्यो: “हे शैतानका छोरा, हे सर्वधर्मका शत्रु, धोका र कुकर्मले भरिएको मानिस!” पावलले परमेश्वरको शक्तिद्वारा उसलाई केही समयका लागि अन्धो हुन आज्ञा दियो। यसले देखाउँछ कि पावलकहाँ दुष्ट आत्मा छुट्याउने बुद्धि र आत्मिक विवेक थियो। पछि उनले विभिन्नात्माहरू छुट्याउने वरदानको विषयमा पनि लेखेका छन्।
अर्को प्रसङ्गमा, फिलिप्पीमा एउटा दास केटी थियो, जसमा भविष्यवाणी गर्ने आत्मा थियो। ऊ पावल र सीलासलाई पछ्याउँदै यसरी भन्दै गइरहन्थी, “यी मानिसहरू सर्वशक्तिमान परमेश्वरका दासहरू हुन्, जसले उद्धारको बाटो देखाउँछन्।” (प्रेरित १६:१७). कुरा सत्य भए पनि आत्मा खराब थियो, र पावलले त्यो आत्मालाई निकालिदियो।
जब सुसमाचार प्रचार हुन्छ, प्रतिरोध अवश्य आउँछ।
२.३. अभिषेक (Anointing):
दुष्ट आत्माको पहिचान गर्न मात्र होइन, त्यसलाई निकाल्न पनि पवित्र आत्माको सामर्थ्यमा पूर्ण भएर काम गर्नुपर्छ। प्रेरित १९ मा, सचेवाका सात छोराहरूले आत्माको सामर्थ्य बिना दुष्टआत्मालाई निकाल्न खोज्दा, उल्टै दुष्टआत्माले उनीहरूलाई हरायो।